काठमाडौं, आइतबार, २६ मङ्सिर २०७८ । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुने बताउनु भएको छ ।
आइतबार आफूलाई मत माग्नका लागि आयोजना गरिएको कार्यक्रममा शेखरले सभापतिका अर्का उम्मेदवार देउवाले आफूले हारे गठबन्धन सरकार हट्छ भनेको भन्दै नेतृत्व परिवर्तन हुने बताउनु भएको छ । ‘उहाँले म हारे भने यो गठबन्धन सरकार हट्छ भन्नु भयो। म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ’ उहाँले भन्नुहुन्छ ।
उहाँले महाधिवेशनमा आफूले जितेपछि गठबन्धन अझ बढी संगठित हुने र निर्वाचनमा होमिने बताउनु भयो । ‘सरकारलाई अझ मजबुत बनाउने प्रयास हाम्रो नेतृत्वले गर्ने छ’ कोइरालाले भन्नुभयो ।
- ADVERTISEMENT -