- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

गोरखाबाट नेपाली कांग्रेसको केन्द्रीय समितिमा १२ जनाले उम्मेद्वारी

December 12, 2021
547
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, २६ मङ्सिर २०७८ । गोरखाबाट नेपाली कांग्रेसको केन्द्रीय समितिमा १२ जनाले उम्मेद्वारी दिएका छन् ।

सभापतिमा आरुघाट गाउँपालिका ८ आरुपोखरीका युवराज न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन् । ४० वर्षीय न्यौपाने क्षेत्र नं १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका थिए ।

नेपाली कांग्रेसमा २० वर्षदेखि क्रियाशील रहँदै आएको र पार्टीको विधानले दिएको अधिकार अनुरुप आफूले सभापतिमा उम्मेद्वारी दिएको बताए ।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोईराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधी, कल्याण गुरुङको उम्मेद्वारी परेको छ ।दुबै यसअघि पनि केन्द्रीय सदस्य रहेका थिए ।

- ADVERTISEMENT -

Advertisement

केन्द्रीय सदस्यमा युवा समाजसेवी एवं ब्यवशायी राजेन्द्र बजगाई र प्रेमकुमार खत्रीले पनि उम्मेद्वारी दिएका छन् । यी दुबै पर्यटन ब्यवशायसँग राजनीतिमा सक्रिय छन् । उम्मेद्वार खत्री ३८ वर्षका हुन् । उनले गोरखाको स्वास्थ्य र शिक्षाको क्षेत्रमा समाजसेवा गर्दै आएका छन् ।

कांग्रेस गोरखाका पूर्व सभापति हरिबहादुर घलेले अल्पसंख्यकको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका छन् । दुई कार्यकाल पार्टी सभापति भएका घलेको उम्मेद्वारी बलियो रहेको चर्चा छ ।

गोरखाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिनेहरुमा पुर्व जिल्ला उप सभापति मोहनप्रसाद पोखरेल, पालुङटार नगरपालिकाका मेयर समेत रहेका दीपकबाबु कँडेल, सल्लाउद्दिन मियाँ, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतार, महिला संघकी केन्द्रीय सदस्य मनकुमारी गुरुङ रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com