काठमाडौं, शनिबार, २५ मङ्सिर २०७८ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा.शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराउनु भएको छ । कोइरालाले युवा पुस्ताका नेताहरूलाई टिममा राखेर प्यानल खडा गराउनु भएको हो ।
शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र डा.मिनेन्द्र रिजाल रहनु भएको हो । सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, आदिवासी जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे र थारुबाट तेजुलाल चौधरी समेटिएका छन् ।
शेखरले कांग्रेसका चर्चित युवा नेताहरू समेटनु भएको हो । उम्मेदवारी दर्ता गरेपछि शेखरले सहमतिकै टिम बनाएकाे दाबीसमेत गर्नुभयो। ।
आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले मनोनयनका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको थियो ।








































