काठमाडौँ, शुक्रबार, २५ मङ्सिर २०७८ । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा गोरखाका ई. दिपक बाबु कंडेलले उमेद्वारी दर्ता गराउनु भएको छ ।
आज शनिबार राष्ट्रिय सभा गृहको सभाहलमा उहाँले उम्मेद्बारी दर्ता गराउनु भएको हो । उम्मेद्बारी दर्ता प्रतावक मनोज भण्डारी र समर्थकमा अमृत ज्ञवाली रहनु भएको छ ।
संधियता कार्यान्यवन हुदैं गएको स्थानीय तहमा आम नगरबासीको मन जित्न सफल हुनु भएका बिकाशप्रेमी कंडेल बिकाश निर्माण भए मात्र सबै सहज हुने, पार्टी भित्र इन्जिनियर भएका युवा आउनु पर्ने आफ्नो धारणासहित नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वारी दिनु भएको हो ।
आफ्नो उमेद्वारी दर्त गरेसंगै पार्टीको संगठनलाई सुदृढ, बलियो र ब्यवस्थित बनाउन अझ बढी जोड दिने बताउनु हुदै हाल पालुङटार नगरपालिकाका मेयर पदमा काम गरिरहनु भएका कंडेल उत्तिकै भूमिका र लगनशीलताका कारण केन्द्रीय सदस्यमा उमेद्वारी दिएको उहाँले बताउनु भयो ।
नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत महाधिवेशनमा ई. दिपक बाबु कंडेलले गत असोजमा जित हासिल गर्नु भएको थियो ।









































