काठमाडौं,२५ मंसिर २०७८ । नेपाली कांग्रेसका नेता अब्दुल सतारले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेद्बारी दर्ता गराउनु भएको छ ।
आज शनिबार बिहान राष्ट्रिय सभा गृहको हलमा केन्द्रीय सदका लागि उम्मेद्बारी दर्ता गराएको उहाँले बताउनु भयो ।
नेपाल मुस्लिम संघका संस्थापक अध्यक्षसमेत रहेका सतारले मुस्लिम आरक्षण तर्फबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।
उहाँ गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहनु भएको छ ।
कांग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुनेछ।









































