काठमाडौँ, शुक्रबार, २४ मङ्सिर २०७८ । नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा गोरखाका ई. दिपक बाबु कंडेलले उमेद्वारी घोषणा गर्नु भएको छ ।
इन्जिनियरको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनु भएका ई. दिपक बाबु कंडेल इन्जिनियर पेशाबाट सफलता हासिल गर्न सफल हुनु भयो । परिवारको साथ सहयोग र हौसलाका कारण सानै उमेरदेखि राजनीतिमा चाख राख्दै अधि बढनु भएका केन्द्रीय सदस्यका दाबेदार ई. दिपक बाबु कंडेल नेपाल बिधार्थी संघमा सक्रिय हुदैं देशभरबाट इन्जिनियरको क्षेत्रमा सफल मेयर बन्न सफल हुनुभयो । अबको आवश्यकता बिकाश निर्माण, अर्थतन्त्र र ईन्जिनियरलाई समेत राजनीतीमा आउने बातावरण सृजना गर्नु पर्ने जोड दिदै आफुले केन्द्रिय सदस्यमा उमेद्वारी दिएको बताउनु भयो ।
संधियता कार्यान्यवन हुदैं गएको स्थानीय तहमा आम नगरबासीको मन जित्न सफल हुनु भएका बिकाशप्रेमी कंडेल बिकाश निर्माण भए मात्र सबै सहज हुने, पार्टी भित्र इन्जिनियर भएका युवा आउनु पर्ने आफ्नो धारणासहित नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेद्वार हुन लागेको बताउनु भयो ।
आफ्नो उमेद्वारी घोषणासंगै पार्टीको संगठनलाई सुदृढ, बलियो र ब्यवस्थित बनाउन अझ बढी जोड दिने बताउनु हुदै हाल पालुङटार नगरपालिकाका मेयर पदमा काम गरिरहनु भएका कंडेल उत्तिकै भूमिका र लगनशीलताका कारण केन्द्रीय सदस्यमा उमेद्वारी दिएको उहाँले बताउनु भयो ।
नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत गोरखा छेत्र न २ बाट महाधिवेशन प्रतिनिधिमा ई. दिपक बाबु कंडेलले गत असोजमा जित हासिल गर्नु भएको थियो ।








































