काठमाडौं, नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गत महामन्त्रीको आकाङ्क्षि रहेका बालकृष्ण खाणको सम्पर्क कार्यलय पुरानो जय नेपाल सिनेमा हलमा रहने भएको छ ।
उक्त कार्यलय महाधिवेशन सम्म रहने छ ।
अनौपचारिक रुपमा आजबाट कार्य सुरु भएको कार्यलयमा नेता कार्यकर्ताको चहल्पहल सुरु भएको छ ।
लुम्बिनी प्रदेश उपसभापती राजु खनाल, नेता जन्मजय तिमिल्सिना, बिमल ढकाल, तरुण दल कोषाध्यक्ष बिध्वान गुरुङ, सिन्धुपाल्चोक तरुण सभापती दोर्जे लामा, तरुण दल केन्द्रिय महाधिवेशन प्रतिनिधि कपिल पोखरेल, तरुण दल केन्द्रिय पार्षद बिजेस न्यौपाने, तरुण दल काठमाडौंको नेता दिपेन्द्र पोखरेल लगायत नेता कार्यालयको बाक्लो उपस्थिति रहेको थियो ।








































