काठमाडौं, नेपाली कांग्रेसका नेता अब्दुल सतारले नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।
नेपाल मुश्लिम संघका संस्थापक अध्यक्षसमेत रहनु भएका सतारले मुश्लिम आरक्षण तर्फबाट कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नु भयो । उहाँ गोरखाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहनु भएको छ ।
कांग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुने तालिका रहेको छ ।
अब्दुल नेविसंघको राजनीति हुँदै कांग्रेस राजनीतिमा आउनु भएका उहाँ पार्टी केन्द्रमा रहेर सेवा गर्ने इच्छा रहेकोले केन्द्रीय समिति सदस्यमा यसपालि उम्मेदवारी दिने बताउनु भएको हो ।








































