Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०१:२७ बिहान
- ADVERTISEMENT -

लमजुङ्गका कृष्ण प्रसाद कोइरालाको खस आर्यबाट केन्द्रीय सदस्यमा उमेद्वारी

प्रकाशित मिति: २०७८ मंसिर २१, मंगलबार

802
Shares

लम्जुङ्ग, सोमबार, २० मङ्सिर २०७८ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा लमजुङ्ग क्षेत्र नं २ खस आर्यबाट केन्द्रीय सदस्यमा कृष्ण प्रसाद कोइरालाले उमेद्वारी घोषणा गर्नु भएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत वडा अधिबेशन, पालिका स्तरीय अधिबेशन र प्रदेशस्तरिय अधिबेशन सफलतापुर्बक सम्पन्न भएको लमजुङ्ग जिल्लामा खस आर्यबाट केन्द्रीय सदस्यमा कृष्ण प्रसाद कोइरालाले उमेद्वारी घोषणा गर्नु भएको हो ।

परिवारको साथ सहयोग र हौसलाका कारण सानै उमेरदेखि राजनीतिमा चाख राख्दै अधि बढनु भएका केन्द्रीय सदस्यका दाबेदार कृष्ण प्रसाद कोइराला बि सं २०३४ सालमा नेपाल बिधार्थी संघको साधारण सदस्यता रहनु भयो ।

राजनीति यात्राको पाइला अगाडी बढाउने क्रममा २०३६ सालमा बहुदल प्राप्तिका लागि आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नु भयो । बि सं २०३९ सालमा पाटन संयुक्त क्याम्पसबाट स्ववियु सभापतिमा महत्वपुर्ण जिम्मेवारी बहन गर्नु भयो । साथै, २०४२ सालको सत्याग्रह आन्दोलनमा नेपाली कांग्रेस पार्टीले दिएको निर्देशन अनुसार कृयाशील रहदै पार्टीको हित र आदेश अनुसार कार्य गर्ने कुशल संगठक नेता कोइराला आफुले पाएको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्ने क्रममा ६ महिना सेन्ट्रल जेल जीवन बिताउनु पर्यो ।

कोइराला कांग्रेसको राजनीतिमा जस्तो सुकै अवस्थामा पनि अत्यन्तै उत्साह, जोस र जाँगरका साथ सहभागी भई चट्टान झैं खडा हुनुहुन्थ्यो । २०४६ सालको जन आन्दोलनमा विभिन्न जिम्मेवारी निर्वाह गर्ने क्रममा काम गर्दैजादा तत्कालीन पन्चायती ब्यवस्थाद्वारा गिरफ्तार भई ३ महिना जेल परेको उहाँले बताउनु भयो ।

बि स २०४८ सालमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको सदस्य हुदैँ २०५४ सालमा नेपाली कांग्रेस क्षेत्र नं २ लमजुङ्ग सभापति निर्वाचित भएर आफ्नो महत्वपुर्ण जिम्मेवारी बहन गर्नु भएको थियो । त्यसैगरी, बि स २०५७ सालमा नेपाली कांग्रेस जिल्ला कार्य समितिको लमजुङ्ग सचिव हुनु भयो ।

बि स २०६२-०६३ को प्रतिगमन विरुद्धको आन्दोलनमा १५ दिन सम्म जेल जीवन बिताएको अनुभव सुनाउदै, अन्दोदन सकिए लगतै २ कार्यकाल सभापति निर्वाचित हुनु भयो । बि स २०५४ सालदेखि हालसम्म नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि निरन्तर रुपमा कृयाशील रही काम गरि सक्नु भएका अनुभबी, मेहनती, मिलनसार, क्षमतावान कोइरालाको उमेद्वारी स्वभाबिक र बलियो रहेको छ ।

नेपाली कांग्रेसको ८ औं महाधिवेशन देखि १३ औं महाधिवेशनसम्म निरन्तर महाधिवेशन प्रतिनिधि तथा महासमिती सदस्य रही कार्य गरेको उहाँको अनुभाव रहेको छ ।

आफ्नो उमेद्वारी घोषणासंगै बिधार्थी जीवनदेखि पार्टीको संगठनलाई सुदृढ, बलियो र ब्यवस्थित बनाउन अझ बढी जोड दिने बताउनु हुदै नेपाली कांग्रेसको बिधि बिधान सम्बत गुट रहित कांग्रेस निर्माणका लागि नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा क्षेत्र नं २ लमजुङ्ग, खस आर्यबाट केन्द्रीय सदस्यमा उमेद्वारी दिएको उहाँले बताउनु भयो ।

उहाँले कांग्रेसको संगठनलाई युवा र आम नागरिकको भरोसाको केन्द्र बनाउने सन्दर्भमा आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । साथै, नेपाली कांग्रेसको निकट भबिष्यमा हुने विभिन्न तहका निर्वाचनमा पार्टीको पक्षमा बलियो जनमत निर्माण गरि सबै निर्वाचनहरूमा जित सुनिश्चित गर्न लागि पर्ने उमेद्वार कृष्ण प्रसाद कोइरालाले प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -