काठमाडौँ, सोमबार, २० मंसिर २०७८ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित फेला परेका छन् ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमिक्रोन भेरियन्टको सङ्क्रमण भेटिएको पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार ६६ वर्षीय विदेशी नागरिकको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हाे । संक्रमित दुवै जना कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका हुन् ।

‘३ मंसिर ०७८ मा नेपाल आएका ६६ बर्षीय एक विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका थिए, नेपाल आउदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पुरा गरेको पाइएको थियो । उहाँसँग नजिकको सम्पर्कमा आएका अर्का ७१ बर्वीय व्यक्तिलाई पनि कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपश्चात परीक्षण गर्दा कोभिड–१९ को नतिजा पोजिटिभ आएको थियो । कोभिड–१९ परीक्षणमा पोजिटिभ आएकाहरूको एस–जिन परीक्षण गर्नु पर्ने रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा एस–जिन फेला परेको थिएन । एस जेन फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वइन्सिङ गर्दा १९ मंसिर ०७८ मा राति कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।’ मन्त्रालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ ।

हालसम्म संक्रमितमा गम्भीर लक्षण नदेखिएको र दुवै जना स्वास्थ्यकर्मीको निगरानीमा सरकारले तोकेको मापदण्डअनुसार आइसोलेसनमा छन् । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ भैरहेकाे मन्त्रालयले जनाएको छ ।

यसअघि छिमेकी मुलुक भारतमा पनि ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको छ। केहीसमय अघि दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट अहिले संसारका विभिन्न देशहरुमा तिव्ररुपमा फैलिएको छ । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्धसमेत लगाइएकाे छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्