- ADVERTISEMENT -

राप्रपाको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म २९ सय मत खस्यो

December 4, 2021
625
Shares
- ADVERTISEMENT -

काठमाडौं, मङ्सिर १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म २९ सय मत खसेको छ । राती ८ बजेसम्म करिब २९ सय मत खसेको राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो । यो सँगै मतगणनाको परिणाम आउन समय लाग्ने भएको छ । बस्नेतका अनुसार आइतबार बिहान २ बजेसम्म परिणाम आउन सक्ने बताउनुभयो ।

राप्रपामा नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि मतदान भइरहेको उहाँले बताउनुभयो । शनिबार ढिला गरी सुरु भएका कारण मतदान सकिन मध्यरात हुने समेत उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

मतदाताको सङ्ख्या धेरै भएको र त्यसलाई चुस्त ढङ्गले मतदान गराउने व्यवस्था गर्दा मतदान मध्यरातसम्म हुने उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -