पोखरा,नेपाली कांग्रेस गण्डकी प्रदेशको अधिवेशनमा गोरखाबाट १४ जनाले बिभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

बिहिबारदेखि सुरु भएको अधिवेशन अन्र्तगत शुक्रबार भएको मनोनयमा पदाधिकारी सहित गोरखाबाट १४ जनाले मनोनयन दर्ता गरेका हुन् ।

सभापतिका लागि शुक्रराज शर्मा र अर्जुन जोशीको उम्मेदवारी परेको छ । शुक्रबार ३ बजेसम्ममा सबै पदका उम्मेदवारले मनोनयन दर्ता गराएको नेपाली कांग्रेस प्रचार विभागका केन्द्रीय सदस्य राजबहादुर गुरुङले जानकारी दिए ।

गोरखाबाट महामन्त्रीमा महासमिति सदस्य एवं भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे र महासमिति सदस्य किरणबाबु श्रेष्ठले उम्मेद्धवारी दिएका छन् ।

त्यस्तै सह–महामन्त्रीमा गोरखा नगरपालिकाका मेयर समेत रहेका महासमिति सदस्य राजनराज पन्तले उम्मेद्धवारी दिएका छन् । सह–महामन्त्री पदमै गोरखाका १ ख बाट प्रदेश प्रतिनिधी चयन भएका युवराज बस्ताकोटीले समेत उम्मेदवारी दिएका छन् ।

यस्तै महिला तर्फको सदस्य पदका लागि मिना अधिकारी र शोभा अधिकारीले उम्मेदवारी दिएका छन् भने खुल्ला तर्फबाट सदस्य पदमै ध्रुव प्रसाद खनाल, पूर्ण बहादुर दाहालले उम्मेदवारी दिएको निर्वाचन समितीले जनाएको छ ।

यसैगरी खस आर्य महिला तर्फबाट कमला लामिछाने र जानुका पन्तले उम्मेदवारी दिएका छन् भने आदीबासी जनजाती महिला तर्फबाट सदस्यमै विना कुमारी श्रेष्ठले उम्मेदवारी दिएकी छिन् ।

यस्तै प्रत्यक्ष प्रदेश सभा अन्तर्गतको खुला तर्फबाट सदस्य पदमा सांसद समेत रहेका प्रकाशचन्द्र दवाडीले मनोनयन दर्ता गराएका छन् । यस्तै दलित महिला तर्फबाट सदस्यमै रिता परियारले उम्मेदवारी दिएकी छिन् ।

प्रदेश कमिटिका लागि शनिबार बिहान ८ बजेदेखी मतदान सुरु हुने बताइएको छ । चुनावमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्