- ADVERTISEMENT -

मङ्सिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

December 3, 2021
487
Shares

काठमाडौँ, १७ मंसिर २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गतेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मङ्सिर २८ गते मंगलबार दिउँसो २ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -