काठमाडौँ, नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा जगदीश्वर नरसिंह केसी उमेदवार घोषणा गर्नु भएको छ । उमेदवार घोषणागरे संगै प्रतिवद्धता सार्बजनिक गर्नु भएको छ |
प्रतिवद्धता :
१. पार्टीको आन्तरिक लोकतन्त्रलाई सबल र सुदृढ बनाउने ।
२. पार्टी सङ्गठनलाई व्यवस्थित र पारदर्शी बनाउने ।
३.क्रियाशील सदस्यतालाई योगदानमा आधारित बनाई नियमित पुनरावलोकन र अद्यावधिक गर्ने, गराउने ।
४. पार्टीलाई संस्थागत निर्णय र सामूहिकताको आधारमा सञ्चालन गर्ने ।
५. पार्टीका प्रत्येक संरचनामा आवधिक तहको प्रशिक्षणको प्रबन्ध गर्ने ।
६. स्वास्थ्य, शिक्षा लगायत सामाजिक उत्तरदायित्वका विषयमा पार्टी संगठनलाई क्रियाशील गरी जनस्तरमा पार्टीको सम्बन्ध विकसित तुल्याउने ।
७. महिला, दलित, बालबालिका, युवा, आदिवासी जनजाती, विद्यार्थी, किसान, मजदुर लगायतका समुदायको उत्थानमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने ।
८. संघीय, प्रदेश र स्थानीय निर्वाचनहरूमा पार्टीका सबै संरचनाको प्रभावकारी परिचालन मार्फत सबै तहमा पार्टीको जीत सुनिश्चित गर्न पहलकदमी लिने ।
९. आफ्नो कार्यकालमा प्रदेश समितिको आफ्नै भवन निर्माण गरी पार्टीलाई भौतिक पूर्वाधार र प्रविधियुक्त बनाउने ।
१०. पार्टीको केन्द्र र जिल्लाहरूबीच निरन्तर समन्वय गरी पार्टी संगठनलाई गतिशील बनाउने ।








































