- ADVERTISEMENT -

नेकपा एमाले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकियो

November 30, 2021
565
Shares
- ADVERTISEMENT -

चितवन । नेकपा एमाले १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।

मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएकाे निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ । विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने उनकाे भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो ।

अध्यक्ष केपी शर्मा ओली र भीम रावल नेतृत्व प्रतिस्पर्धामा छन् । त्यसैगरी ६ सिट रहेको उपाध्यक्षको चुनावी मैदानमा घनश्याम भुसालसहित सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली उत्रिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

भीम आचार्य र टंक कार्कीले उम्मेदवार दिएको ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -