Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:३७ बिहान
- ADVERTISEMENT -

कांग्रेस कास्कीको सभापतिमा बराल विजयी

प्रकाशित मिति: २०७८ मंसिर १२, आइतबार

645
Shares

पोखरा । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् ।

शनिबार राती सम्पन्न मतगणनाबाट बराल ८० मतको फरकले वियजी भएका हुन् । उनले ९९५ मत पाउँदा उनका निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याए । दोश्रो चरणको मतदानमा शनिबार १ हजार ९ सय २६ मत खसेको थियो ।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत प्राप्त गर्नुपर्छ । पहिलो चरणमा ५ उम्मेदवार मध्ये कसैले ५० प्रतिशत मत कटाउन सकेनन् । त्यसैले धेरै मत ल्याएका आधारमा २ जना अन्तिम प्रतिश्पर्धामा आएका हुन् ।

पहिलो चरणमा पनि बरालले नै सर्बाधिक मत ल्याएका थिए । ‘रिङ आउट’ भएका अन्य ३ जनाले भट्टराईलाई जिताउन विज्ञप्ती जारी गरेपनि त्यो अभियान सफल हुन सकेन । आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम पहिलो चरणबाटै बाहिरिएका थिए ।

बराल केन्द्रमा शेरबहादुर देउवा निकट मानिन्छन् भने भट्टराई संस्थापन इतरका हुन् । संस्थापन पक्षको कास्कीमा पहिलो जीत हो । निर्वाचित भएपछि बरालले गुटको पछि नलागी कांग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता जनाए ।

‘मलाई विश्वास गरेर विजयी गराउनुभएको छ । म विश्वास टुट्न दिन्नँ,’ उनले भने, ‘कांग्रेस निर्माणको अभियानमा सुदीप जी र म सँगै हुन्छौं । हामी एउटै डुंगामा छौं ।’ बराल पोखराको भद्रकाली क्याम्पसको संस्थापक क्याम्पस प्रमुख थिए भने शिक्षक संघको नेतृत्व गरेर पनि काम गरिसकेका छन् ।

पार्टीभित्र बौद्धिक नेताको छवी बनाएका बराल कांग्रेसको नवौं र दशौं अधिवेसनमा कास्की क्षेत्र नम्बर २ को सभापतिमा पराजीत भएका थिए । विशेष गरी नेताहरुलाई उद्यमशिल बनाउनुपर्ने र एग्रो टुरिजमलाई अभियानको रुपमा उनले चलाएका छन् ।

पराजीत भएका भट्टराईले पनि यो विधान कार्यान्वयन मात्रै भएकोले आफु कांग्रेसको अभियानमा निरन्तर रहेको बताए । ‘यो परिणामले कांग्रेसलाई नयाँ अध्यायको रुपमा परिणत गरेको छ । खस्केको जनमत र साखलाई उचाईमा पु-याउन नयाँ नेतृत्व सफल होस्,’ उनले भने, ‘हामी लोकतन्त्रवादी हौं । विधानले व्यवस्था गरेको बैधानिक बाटोबाट नेतृत्व चयन ग-यौं । तथापी कांग्रेसको उचाई प्राप्त गर्न नयाँ टिमलाई शुभकामना ब्यक्त गर्दछु ।’

पदाधिकारी र सदस्यहरुको मतगणना भने जारी छ । मध्यान्नसम्म सबै मतपरिणाम आईसक्ने कांग्रेस कास्कीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -