पाल्पा, संघीय निर्वाचन क्षेत्र न. १ पाल्पाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा स्वतन्त्र उमेदवार लक्ष्मण भट्टराई निर्वाचित भएका छन ।
परिवर्तित सन्दर्भ अनुरुप बिचारवान र दृष्टिकोणयुक्त कांग्रेस निर्माण गर्न साथै लगातार एउटै पात्र अनि उहि प्रवृत्ति होइन, सबै भेगका अरु योग्य र मान्छेले पनि कांग्रेसमा अवसर पाउछन् भन्ने सन्देश प्रवाह गर्न ३३ वर्षका भट्टराईले गुटको राजनीतिलाई कड़ा टक्कर दीएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित बनेका हुन ।
विद्यार्थी राजनीतिका संघर्षशील योद्धा भट्टराईले आफुभन्दा धेरै अग्रजहरूलाइ प्रतिस्पर्धामा हराएर निर्बाचित बनेका हुन ।
बिधार्थी राजनीतिक कालदेखी नै गगन र प्रदीप पौडेल निकट रहेका उनले गगन हरूलाई कांग्रेस्को नेतृत्वमा स्थापित गराए बलियो कांग्रेस र सम्मबृद्द देश निर्माणमा सबैको साझा संकल्प हुनु पर्ने धारणा ब्यक्त गरे ।
परिवर्तित सन्दर्भ अनुरुप बिचारवान र दृष्टिकोणयुक्त कांग्रेस निर्माण गर्न पार्टीमा नेताप्रधान होइन, नीतिप्रधान राजनीतिक योजना र कार्यक्रम सहितको नेतृत्व स्थापित हुन जरुरी छः यो नै हामी सबैको साझा उद्देश्य हुनु पर्दछ भन्ने बिचार व्यक्त गरे।








































