Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:५२ बिहान
- ADVERTISEMENT -

राष्ट्रिय जनगणना २०७८ कुनै पनि प्रकारको अवरोध बिना सम्पन्न : केन्द्रीय तथ्यांक विभाग

प्रकाशित मिति: २०७८ मंसिर १०, शुक्रबार

807
Shares

काठमाडौं, शुक्रबार, १० मङ्सिर २०७८ । राष्ट्रिय जनगणना २०७८ कुनै पनि प्रकारको अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले शुक्रवार पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो ।

राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरु सामाजिक सञ्जालमा उब्जिएको भएपनि विभागले सम्बन्धित पक्षहरुसँग छलफल गरी जनगणना कार्यलाई अगाडी बढाएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनुभयो । महानिर्देशक श्रेष्ठले नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको बताउनुभयो ।

जिल्ला जनगणना कार्यालयबाट मंसिर मसान्तसम्ममा जिल्लाको विवरण केन्द्रमा आउने भन्दै उहाँले केन्द्रीय तथ्यांक विभागले विवरण इन्ट्रि गर्न ६ देखि ८ महिना लाग्ने जानकारी दिनुभयो । एक वर्षपछि जनगणनाको रिपोर्टहरु निकाल्न सुरु गर्ने र दुई वर्ष भित्रमा सम्पूर्ण जनगणनाको सम्पूर्ण क्रियाकलाप सम्पन्न गर्ने उहाँको भनाई छ ।

जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनाभित्र आउने महानिर्देशक श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैको लेखाजोखा गर्दाखेरी पहिलेको प्रोजेक्शन गरिएको जनगणनाको ३ करोडको हाराहारीको जनसंख्या हो । त्यसको लगभग आसपासमा हामी पुगौँला नभए २ करोड ८० लाख सम्म पुग्छ कि भन्ने अहिलेको प्रारम्भिक अनुमान मात्र हो । यसको इन्ट्रि भइसकेपछि त थाहा हुन्छ, यद्यपी जनगणना सम्पन्न भएको मंसिर मसान्तसम्ममा सबै जिल्ला जनगणना कार्यालयबाट केन्द्रमा आउँछ । केन्द्रमा आइसकेपछि हामीले तथ्यांक इन्ट्रि गर्ने काम गर्छौ ।

डाटा इन्ट्रि गर्न छ देखि ८ महिना लाग्ने अनुमान गरेका छौँ । डाटा इन्ट्रि सकिएपश्चात त्यसको रिपोर्ट निकाल्ने क्रम जारी गर्छौ । आजको एक वर्षपछि मात्र नेशनल रिपोर्टदेखि डिटेल्स् रिपोर्टहरु निकाल्ने क्रम जारी हुँदै जान्छ । यो सँगसँगै अबको दुई वर्षमा हाम्रो सेन्ससको इक्टीभिटिज सबै कम्प्लिट हुन्छ । नेपालको जनसंख्याको प्रारम्भिक नतिजा आजको मितिले तीन महिनाभित्र दिन सक्छौँ ।’

महानिर्देशक श्रेष्ठले केही गणकहरुले जनगणनाको समयमा पेन्सिलको प्रयोग गलत नियतले नगरी सुपरिवेक्षकलाई राम्रो अक्षर देखाउनका लागि गरिएको उहाँले स्पष्ट पार्नुभयो । दुर्गम र पुग्न कठिन ठाउँहरुमा पनि गठकहरुले जनगणना गरेको उहाँले बताउनुभयो । गणकहरु तिङ्कर र छारुङसम्म पुगेर जनगणना गरेको उहाँले उल्लेख गर्नुभयो ।

महानिर्देशक श्रेष्ठले भन्नुभयो ‘मुख्य गणनाको सन्दर्भमा पास उपलब्ध भएको अवस्था रहेन । नरहेपछि हाम्रा साथीहरु मान्छे हिड्ने बाटो नै होइन, जंगल नै जंगलको बाटोमा तीन दिन लगाएर रुखका हाँगाहरु समातेर माथिसम्म पुग्नुभयो । तिङ्कर र छारुङमा पनि सम्पन्न गर्नुभयो । बाटोबाट आफै फर्किन सक्ने अवस्था थिएन । हिजो उहाँहरुलाई हेलिकप्टरबाट सदरमुकाम खलंगा ल्याउने काम सम्पन्न ग-यौँ ।’

केन्द्रीय तथ्यांक विभागले देशभरका सम्पूर्ण भु–भागमा जनगणना सम्पन्न गरिसकेको बताएको छ । केही विवादित क्षेत्रहरुमा भने कुटनैतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -