गाेरखा, ८ मंसिर २०७८ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको माहोल तातिदै गइरहेको छ । गण्डकी प्रदेश सह-महामन्त्रीमा युवराज बस्ताकोटीले उम्मेद्बारी घोषणा गर्नु भएको छ ।
नेपाली कांग्रेसकाे यहि मंसिर १६ र १७ गते हुन गईरहेकाे प्रदेश अधिवेशनमा गाेरखाका संघर्षरत युवा नेता युवराज बस्ताकोटीले सह- महामन्त्री पदमा उम्मेद्बार बन्नु हुने भएको छ ।
कुनै पदाधिकारीमा चुनाव लड्ने चाहना गर्दै आउनु भएका बस्ताकाेटी कांग्रेसकाे सिद्धान्त र नीति बुझेका प्रभावशाली शैक्षिक व्यक्तित्वमा अब्बल हुनुहुन्छ ।
बिकृत राजनीतिकाे विरुद्ध राजनीतिक संस्कार पुनःस्थापित गर्ने अभियानमा विद्यार्थीकालदेखि संघर्ष गर्दै आउनु भएका बस्ताकाेटी सामाजिक राजनीतिक चरित्र भएका मानिसकाे नेतृत्वले मात्रै संगठन र समाजकाे हित गर्न सक्ने विश्वास गर्छन् ।
राजनीतिक इमानदारीता तथा आर्थिक पारदर्शिता भएका मानिसहरु नयाँ दृष्टिकोण सहित नेतृत्वमा स्थापित हुनु पर्ने उनकाे मान्यता रहेकाे छ । ” राजनीतिक संस्कार र कांग्रेस संस्कृतिकाे पुनःस्थापनाका लागि ” आफ्नो उमेदवार रहेकाे बस्ताकाेटीले बताउनु भयो ।
सक्षम र इमानदार नेतृत्वको अभाव रहेकाे आजकाे सन्दर्भमा युवराज बस्ताकाेटीकाे गण्डकी प्रदेश समिति सह- महामन्त्रीमा प्रवेश हुँदा यहाँको कांग्रेस राजनीति र प्रदेशकाे उन्नतिका लागि उपयुक्त हुने सम्पर्कमा रहेका मतदाता प्रतिनिधिहरुले बताएका छन् ।








































