Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:५४ बिहान
- ADVERTISEMENT -

गण्डकी प्रदेश सदस्य दावी गर्ने शोभा अधिकारी को हुन् त ?

प्रकाशित मिति: २०७८ मंसिर ७, मंगलबार

1447
Shares

काठमाडौं, नेपाली कांग्रेसमा युवा पुस्ताका नेता र पुराना नेताहरु सबै पार्टीको १४औँ महाधिवेशन सफल बनाउनका लागि रातदिन एक गरेर लागि रहेका छन्।

यतिबेला नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढिरहेको छ।

पछिल्लो समय नेपाली कांग्रेसभित्र युवा पिँडीलाई नेतृत्व सुम्पिनु पर्ने माग भइरहेकाे छ। युवाहरुले नेतृत्व गर्ने र उमेर पुगेका नेताहरुले सल्लाह दिएको अवस्थामा पार्टीले अझै राम्रो र प्रभावकारी काम गर्न सक्ने युवा पुस्ताको विश्वास र बुझाइ छ।

गण्डकी प्रदेशमा पनि १४औँ महाधिवेशनको माहोलको सरगर्मी बढी रहेको छ। यतिबेला गण्डकी प्रदेश समितिका लागि सबै नेताहरु आ–आफ्नो क्षेत्रबाट लागि परेका छन्। यस्तै महाधिवेशन सफल बनाउन लाग्ने धेरै नेताहरु मध्येकी एक हुन युवा नेत्री शोभा अधिकारी।

गोरखा जिल्लाबाट गण्डकी प्रदेशको सदस्य पदमा आफ्नो उम्मेदवारी दिएकी शोभाले नेपाली कांग्रेसको राजनीति राम्रोसँग बुझेकी छिन्। पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको उपसभापति भएपछि नेपाली कांग्रेसको राजनीतिबाट एक कदम पनि पछि नहटेर निरन्तर पार्टीमा योगदान पु¥याउन लागि परेकी छिन् शोभा।

२०५७ सालमा पद्मकन्या क्याम्पसमा स्ववियू उपसभापति पदमा निर्वाचित भएपछि नेपाली कांग्रेस सम्बध भातृसंगठन नेपाल विद्यार्थी संघमात्र होइन नेपाली विद्यार्थी आन्दोलनलाई समेत उनले ठूलो योगदा दिएकी छिन्। भूतपूर्व सैनिक संघको महिला विभागको पनि शोभा हुन उनी। उनले महिला विभागको महासचिव जस्तो गरिमामय पदमा बसेर नेपाली कांग्रेको राजनीतिमा ठूलो योगदान थप्दै आएकी छिन्।

नेपाल विद्यार्थी संघको तीन कार्यकाल केन्द्रीय समितिमा रहेर काम गरेकी शोभा युवामाझ लोकपृय पनि हुन्। कांग्रेस नेता बिश्वप्रकाश शर्मा ले नेविसंघको नेतृत्व सम्हालिरहँदा शोभा पद्मकन्या क्याम्पसमा उपसभापतिको पदमा रहेर विद्यार्थीका हकहितका विषयमा आन्दोलन गरिरहेकी थिइन्। नेताहरु गुरूराज घिमिरे, केशब सिंह, महेन्द्र शर्माले नेविसंघको नेतृत्व सम्हाल्दा उनी नेविसंघको केन्द्रीय सदस्य भएर काम गरिन्। युवाहरुमाझ चर्चित र लोकपृय कांग्रेस नेता गगन थापा र प्रदिप पौडेलसँगै कार्यसमितिमा रहेर नेविसंघको आन्दोलनलाई एक इट्टा थप्ने काम गरिन शोभाले।

अहिले पनि शोभाले त्यो बेला आफूले गरेका संघर्षहरुलाई सम्झि रहेकी छन्। उनी अहिले त्यसबेलाको नेतृत्वसँग काम गर्न पाएकोमा गर्व गर्छिन्। उनले भनिन्, ‘राजनीतिमा कस्तो नेतृत्वसँग संगठनमा रहेर काम गरेकी हुँ भन्ने आम जनताले नियालिरहेका हुन्छन्। मैले आदरणीय नेताहरू विश्वप्रकाश शर्मा, गुरूराज घिमिरे, गगन थापा, प्रदिप पौडेलजस्ता होनाहार नेपाली कांग्रेसका नेताहरुसँग रहेर काम गरेकोमा आफूलाई भाग्यमानी ठानेकी छु। यी नेताहरू र तत्कालीन हाम्रो त्यो नेतृत्वसँग गर्व छ मलाई किनकि त्यो बेला आज जस्तो सहज अवस्था थिएन निकैे दुःख र संघर्ष गरेका हौं।’

शोभा आफूले गरेको दुःख सार्थक नभइसकेको देख्छिन्। अहिले पनि उनको मनमा देश बनाउन संघर्ष गर्नु पर्छ भन्ने भावनाले बास गरिरहेको छ। देशमा व्याप्त भएको भ्रष्ट्राचार, अन्याय र अत्याचारको विरोध गर्नका लागि आफ्नो उम्मेदवारी परेको उनको भनाइ छ। पार्टीलाई जनताको प्यारो कांग्रेस बनाउने उनको लक्ष रहेको छ।

उनी कांग्रेसभित्र पनि सधै प्रश्न उठ्ने विधि, पद्धति र नियम बनाएर कार्यक्षमता, योगदा, योग्यता र बलिदान लगायतका मापदण्ड बनाउनु पर्ने पक्षमा छिन्। पार्टी भित्र यस्ता कुराहरुलाई मापदण्ड नबनाएसम्म भागवण्डा र त्यसले सधै गुटउपगुटहरुलाई जन्माइरहने उनको बुझाइ छ। ‘यदि यसो गरिएन भने कांग्रेस कमजोर हुन्छ,’ उनले भनिन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -