काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी श्रीमती र छोरा पार्टीको १४ औं महाविधेशनका प्रतिनिधि चयन भएका छन् । प्रकाशमान पत्नी सिर्जना र छोरा प्रभासमान निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
आज भइरहेको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन अन्तर्गत भइरहेको महाधिवेशन प्रतिनिधिमा काठमाडौं क्षेत्र नम्बर ७ बाट आमा छोरा निर्विरोध चयन भएका हुन् ।
काठमाडौं ७ बाट आदिवासी जनजाति तथा महिलासँगै दलित कोटा गरी आफ्नो कोटाबाट सिंहद्धयसँगै ६ जना निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।








































