सोलुखुम्बु, नेपाली कांग्रेस सोलुखुम्बुको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पुजा फुयाल विजयी हुनु भएको छ । महिला (खस आर्यमा) टंकीमाया बस्नेत र फुयालको ४०३/४०३ मत आएकाले गोलाप्रथा मार्फत नतिजा सार्वजनिक गर्दा फुयालले बाजि मार्नु भएको हो ।
नेचा सल्यान गाउँपालिकाबाट सबैभन्दा कान्छी क्षेत्रीय प्रतिनिधिका रूपमा वडा अधिवेशनमा निर्वाचित फुयालले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि विजयी हुनु भएको हो । फुयाल जिल्लाकै कान्छी महाधिवेशन प्रतिनिधि हुनुहुन्छ।उहाँ नेपाल विद्यार्थी संघ सोलुखुम्बुको कोषाध्यक्ष तथा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सदस्य समेत हुनुहुन्छ ।
नेत्री फुयाल अहिले २१ बर्षकी हुनुहुन्छ।








































