गोरखा, ५ मंसिर २०७८ । आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनको माहोल तातिएको छ । गोरखा कांग्रेसको अधिबेशन सकिए लगतै कांग्रेस गण्डकी प्रदेश पदाधिकारीमा गोरखाबाट आधा दर्जनभन्दा उमेदवारको दाबेदार रहेका छ्न ।
पोखरामा सम्पन्न हुने अधिबेशनमा महामन्त्रीका लागि पालुङटार नगरपालिका मेयर दिपक बाबु कडेंल , गोरखा नगरपालिका मेयर राजन राज पन्त, गोरखा कॉंग्रेस नेता किरण बाबु श्रेष्ठ, भिमसेन थापा गॉंउपालिका अध्यक्ष ईश्वर पाण्डे रहेका छन् भने अन्य पदाधिकारीमा दावा गर्नेमा आरुघाट गाउपालिका अध्यक्ष पुर्ण दाहल, त्यस्तै युबराज बस्ताकोटी लगाएका नेताहरुले गण्डकी प्रदेश कमिटिका पदाधिकारी पदमा आफ्नो दावा प्रस्तुत गरेका छन् । साथै, सदस्यमा पनि बढी उमेदवार दाबेदार रहेका छ्न ।








































