- ADVERTISEMENT -

खोप लगाउनका लागि समूह र पालो कुर्नु नपर्ने

November 19, 2021
291
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मङ्सिर ३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आगामी दिनमा कोरोनाविरुद्धको खोप लगाउन सहज हुने बताउनुभएको छ । खोप लगाउनका लागि समूह र पालो कुर्नु नपर्ने उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार फाइजर खोप अभियानको अनुगमन गर्दै मन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको संयुक्त अनुगमनका क्रममा उहाँले नेपालमा खोपको अभाव नरहेको बताउँदै हरेक जिल्ला र खोप केन्द्रमा गएर सहजै रूपमा लगाउन सकिने बताउनुभयो ।

सर्वसाधारणले आफूलाई पायक पर्ने खोप केन्द्रमा जुनसुकै बेला पनि खोप लगाउन सक्ने बताउँदै उहाँले उपत्यकाका मुख्य अस्पतालमा २४ सै घण्टा खोपको व्यवस्था हुने बताउनुभयो । फाइजर खोपबाट देखिने प्रभावलाई न्यूनीकरण गर्न पहिलो चरणमा १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई खोप प्रदान गरिएको जानकारी दिनुभयो । सरकारले ६० लाख फाइजर खोप ल्याउन लागेको पनि उहाँले बताउनुभयो ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले फाइजर खोप प्रभावकारी रहेको बताउँदै फाइजर खोप एकदमै सुरक्षित भएकाले ढुक्क भएर लगाउन आग्रह गर्नुभयो । फाइजर खोप बच्चा, युवा, वृद्ध सबैका लागि सुरक्षित रहेको र आफ्नी छोरीले पनि फाइजर खोप लगाइसकेको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -