Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३०:५६ बिहान
- ADVERTISEMENT -

सरकारले ताेक्याे राष्ट्रिय सभा निर्वाचनकाे मिति

प्रकाशित मिति: २०७८ मंसिर ३, शुक्रबार

461
Shares

काठमाडौँ, सरकारले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तोकेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी माघ १२ गतेका लागि राष्ट्रिय सभाको निर्वाचन तोकेको हाे ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार निर्वाचन आयोगसँगको परामर्शपछि राष्ट्रिय सभाका झन्डै १ तिहाइ सदस्यका लागि माघ १२ गते निर्वाचन हुने भएको हो। आगामी फागुन २० गतेबाट राष्ट्रियसभाका २० सदस्यको कार्यकाल सकिँदैछ ।

नेकपा(एमाले)का आठ, नेकपा(एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्यको कार्यकाल समाप्त हुनेछ ।

पदावधि समाप्त हुनेमा अगमप्रसाद वान्तवा राई, उदया शर्मा पौडेल, कविता बोगटी, खीमकुमार विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, दृगनारायण पाण्डे, ठगेन्द्रप्रकाश पुरी, तारादेवी भट्ट, दीनानाथ शर्मा, नैनकला ओझा, राधेश्याम अधिकारी, रामलखन चमार, शान्तिकुमारी अधिकारी र शेरबहादुर कुँवर छन् ।

त्यस्तै,राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् । बिडारी भने राष्ट्रपतिबाट विषयविज्ञका रूपमा मनोनित सदस्य हुन् ।

विसं २०७५ असार ४ गते भएको गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो । स्थायी सदन भएकाले राष्ट्रियसभाका एकतिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -