गोरखा, सोमबार, २९ कात्तिक २०७८ । सहनशील महिला समूह भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

आज हरिबोधनी एकादशीको शुभ अवसर पारेर नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले सहनशील महिला समूह अजिरकोट ३, कोलकाटेमा निर्मित भवनको मैनबत्ती बालेर उद्घाटन गर्नुभयो ।

सांसद प्रकाशचन्द्र दवाडीको प्रमुख आथित्यतामा, महिला समूहको अध्यक्ष सुनिता गुरुङ्गको सभापतित्वमा, नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि सुवास अधिकारी, नेपाली कांग्रेस अजिरकोट गाउँपालिका सभापति जंग बहादुर गुरुङ, नेपाली कांग्रेस प्रदेश क्षेत्रका उपसभापतिहरु कृष्ण कुमार श्रेष्ठ र बलबहादुर धिताल, स्थानीय बासिन्दा लगायत अन्य अतिथि महानुभावको उपस्थिति रहेको थियो।

साथै, सांसद प्रकाशचन्द्र दवाडीले व्यक्तिगत तर्फबाट समुहलाई चाहिने आवश्यक भाँडाकुँडा सहनशील महिला समूहलाई
प्रदान गर्नु भयो ।








































