काठमाडौं, २८ कात्तिक २०७८ । नेपाली कांग्रेसले प्रदेश अधिशेनका लागि सातै प्रदेशमा संयोजक तोकेको छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको हो ।
प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई आइतबार बसेको केन्द्रीय समितिको बैठकले संयोजक तोकेको हो ।
प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको छ । बैठकले पार्टीको केन्द्रीय महाधिवेशनका लागि केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको संयोजकत्वमा आवास तथा भोजन समिति पनि गठन गरेको छ ।








































