- ADVERTISEMENT -

चेन्नईमा भीषण वर्षा, शहर जलमग्न भएपछि विद्यालय र कलेज बन्द

November 8, 2021
336
Shares
- ADVERTISEMENT -

चेन्नई । भारतको चेन्नईमा केही दिनयता परेको भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण थिभल्लुर, कान्चिपुरम र चेंगालपट्टुम जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । वर्षापछि ती जिल्लासहित राज्यका विभिन्न स्थानका विद्यालय तथा कलेज बन्द गरिएका छन् ।

शनिबार राती चेन्नईमा सन् २०१५ पछिकै धेरै वर्षा भएको थियो । अबिरल वर्षाका कारण केही शहर नै जलमग्न बनेका थिए । प्रभावित क्षेत्रमा नेसनल डिजिस्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) परिचालन गरिएको छ । फोर्सले प्रभावित क्षेत्रका बासिन्दालाई आपतकालिन सहयोग गरेको छ । सरकारी अधिकारीहलाई हाई अलर्टमा राखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

ठाउँ ठाउँमा अझै पनि बर्षा रोकिएको छैन् । चेन्नईमा अझै तीन दिन वर्षा हुने त्यहाँको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षा भइरहेकोले आफ्नो पूर्व निर्धारित भ्रमण रद्द गर्न चेन्नईका मुख्यमन्त्री एम के स्टालिनले सर्वसाधारणलाई अनुरोध गरेका छन् । -एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -