Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३०:२५ बिहान
- ADVERTISEMENT -

सन् २०४५ सम्म ‘नेट जिरो’ उत्सर्जनको लक्ष्य भेट्ने नेपालको प्रतिबद्धता

प्रकाशित मिति: २०७८ कात्तिक १७, बुधबार

295
Shares

काठमाडौं, बुधबार, १७ कात्तिक २०७८ । नेपालले हिमालको विशिष्ट जलवायु जोखिम पहिचान गर्न र जलवायुसम्बन्धी सबै वार्ताहरूमा हिमालयको एजेण्डालाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ ।

युकेको ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६) मा नेपालले जलवायुजन्य प्रकोपको कारण बढ्दो हानि नोक्सानी चिन्ताको विषय भएकोमा यसलाई वार्ताको एकमात्र एजेण्डा बनाउन र यसका लागि थप वित्तीय सहयोगको रूपरेखामा सहमत हुन आह्वान गरेको हो ।

सम्मेलनमा विश्वका नेताहरूमाझ सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कोप-२६ ले वित्तीय, प्राविधिक र क्षमता अभिवृद्धिका स्रोतहरू बढाएर उच्च जोखिमयुक्त देशहरूलाई अनुकूलनका लागि पर्याप्त सहयोग सुनिश्चित गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले पेरिस सम्झौता कार्यान्वयन गर्न दृढ रूपमा प्रतिबद्ध रहेको र यसको प्रमाण नेपालले अर्थतन्त्रको सबै क्षेत्रमा कार्बनमुक्त गर्ने महत्वकांक्षी एनडिसी (नेशनल्ली डिटरमाइण्ड कन्ट्रिब्युसन) योजना पेश गरेको बताउनुभयो । उहाँले नेपालले सन् २०४५ सम्म नेट जिरो उत्सर्जनको लक्ष्य भेट्ने बताउनुभयो ।

‘नेपालले पछिल्ला दिन जलवायुजन्य क्षति र नोक्सानीका धेरै विपत्सँग सामना गर्नुपरेको छ,’ सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भन्नुभयो, ‘त्यस्ता विपत्सँग जुध्न आवश्यक रकम विकसित मुलुकले सोझै सम्बन्धित मुलुकहरूलाई दिनुपर्छ भन्ने हाम्रो ठहर छ । प्रधानमन्त्री देउवाले विकसित मुलुकले सन् २०२०-२०२५ सम्म वार्षिक एक सय अर्ब अमेरिकी डलर विकासशील मुलुकलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नसमेत जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाल अरू देशसँग माग्न मात्र ग्लास्गो नआएको र समुदायस्तरमा भएका जलवायु अनुकूलनका राम्रा काम सुनाउनसमेत आएको बताउनुभयो । जलवायु परिवर्तनका नाममा भित्रिएको बजेटमध्ये ८० प्रतिशत प्रत्यक्ष समस्या झेलिरहेका समुदायमा खर्च गरिएको उहाँको भनाइ थियो ।

‘हामीले स्थानीयस्तरमा जलवायु अनुकूलनका कार्यक्रम गरेका छौँ । अर्कोे कुरा स्वच्छ ऊर्जालाई जोड दिएका छौँ । छिमेकी मुलुकलाई विद्युत् बिक्री गर्ने प्रक्रियामा छौँ,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले विश्वमा बढ्दो उत्सर्जन घटाउन विकसित मुलुकले महत्वाकांक्षी प्रतिबद्धता जनाउनुपर्नेमा पनि जोड दिनुभयो । नेपालले पेरिस सम्झौता कार्यान्वयनका लागि रोडम्याप नै बनाएर अघि बढेकाले विकसित मुलुकले पनि त्यसप्रति चासो दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपालले खुद शून्य उत्सर्जन (नेट जिरो) र राष्ट्रिय अनुकूलन योजना युएनएफसिसिसिमा पेश गरिसकिएको वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले बताउनुभयो । नेपालले तयार गरेको स्थितिपत्रमा जलवायुजन्य हानिनोक्सानी र क्षतिका लागि नयाँ र अतिरिक्त जलवायु वित्त प्रदान गर्न विकसित मुलुक तत्पर हुनुपर्ने अडान लिइएको छ । नेपालको राष्ट्रिय अनुकूलन योजना २०२१–२०५०, जलवायुजन्य हानिनोक्सानी (लस एण्ड ड्यामेज) सम्बन्धी राष्ट्रिय कार्यढाँचा र नेट जिरोमा नेपालको दीर्घकालीन रणनीति मन्त्रिपरिषद्ले पारित गरेको थियो ।

‘मानिसले आफ्नो चिहान आफैँ खनिरहेको छ’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मानिसले आफ्नो चिहान आफैँ खनिरहेको बताउनुभएको छ । कोप २६ लाई सम्बोधन गर्दै यस्तो उहाँले जीवाश्म इन्धनप्रति हाम्रो लतले मानवतालाई विनाशतर्फ धकेलिरहेको बताउनुभयो । ‘अब हामीले यसलाई रोक्नुपर्छ या त यसले हामीलाई रोक्छ,’ उहाँले भन्नुभयो, ‘प्रकृतिलाई शौचालय जसरी प्रयोग गरेको धेरै भयो, हामी आफ्नो चिहान आफैँ खनिरहेका छौं । अब यो भन्ने समय आएको छ कि यो निकै भइसकेको छ, आफैँलाई कार्बनले मार्ने क्रम निकै चल्यो, प्रकृतिलाई शौचालय जसरी प्रयोग गरेको धेरै भयो, हामी आफ्नो चिहान आफैँ खनिरहेका छौँ । झण्डै दुई सय देशका २० हजार प्रतिनिधि ग्लास्गोमा जलवायु परिवर्तन सम्मेलनमा भाग लिँदै छन् । यसका लागि ठूलो संख्या जलवायु परिवर्तनका विशेषज्ञ, कार्यकर्ता र पत्रकार पनि ग्लास्गोमा छन् ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । विश्व जलवायु सम्मेलन (कोप २६) मा सहभागी हुन स्कटल्याण्डको ग्लास्गो पुगेका बेला मंगलबार उहाँहरूबीच भेटवार्ता भएको हो । उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको हो । सो अवसरमा वनमन्त्री रामसाय यादव तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू सहभागी हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुँदा आफूलाई खुसी लागेको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत जनाउनुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, ‘कोप २६ मा नरेन्द्र मोदीजीलाई भेट्दा खुसी लागेको छ, हामीले शेयर गरिरहेको हिमाली क्षेत्र जुन विशेष रूपमा जोखिममा छ त्यसको भविष्यका लागि दिगो विकास अपरिहार्य छ ।’

साथै प्रधानमन्त्री देउवाले सन्देशमा अगाडि भन्नुभएको छ, ‘यो विषयलाई प्राथमिकताका साथ उठाउनुका साथै भविष्यमा सँगै काम गर्ने कुरामा जोड दिनुभएकोमा म धन्यवाद दिन चाहन्छु ।’ साथै भारतीय प्रधानमन्त्री मोदीले पनि प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको जोखिमलाई ठीक ढंगले उठाउनुभएको भन्दै उहाँको प्रशंसा गर्नुभएको छ ।

मंगलबारै प्रधानमन्त्री देउवासँग श्रीलंकाका राष्ट्रपति गोटाबय राजपाक्षेले भेटवार्ता गर्नुभएको छ । यसैगरी, संयुक्त अधिराज्यका रक्षामन्त्री, विश्व बैंक र आइएमओका पदाधिकारीले पनि प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -