Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२७:३३ बिहान
- ADVERTISEMENT -

लण्डनको वेलिङमा नेपालीको फार्मेसी, हप्ताको ६ दिन खुल्ने

प्रकाशित मिति: २०७८ कात्तिक ९, मंगलबार

604
Shares

लण्डन, मंगलबार, ९ कात्तिक २०७८ । कँडेल ग्रुपको निम ट्रि फार्मेसीले आफ्नो चौथो शाखा लण्डनको वेलिङमा विस्तार गरेको छ ।

युके, दुबई तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेको कँडेल ग्रुपले वेलिङमा निम ट्रि फार्मेसीको चौथो शाखा विस्तार गरेको हो ।
एक कार्यक्रमका माझ प्रमुख अतिथि मेयर काउन्सिलर जेम्स हन्टले उक्त फार्मेसीको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन पश्चात फार्मेसीले बेलायतको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको उहाँले चर्चा गर्नु भएको थियो । त्यस्तै निम ट्रि फामेर्सीले बेलायतमा पुर्याएको योगदानबारे कँडेल ग्रुपका सिइओ राजन कँडेलले चर्चा गर्दै कोरोना महामारीको समयमा लण्डनमा निम ट्रि फामेर्सीले पुर्याएको योगदान सबैले अनुभुत गरेको उहाँले बताउनु भयो ।

‘बेलायतमा यो हाम्रो चौथो फार्मेसी हो । कोरोना महामारीको समयमा लण्डनमा फार्मेसीले ठुलो योगदान पुर्याउन सफल भएको छ । बिरामी भएपछि सबैभन्दा सहज तरिकाले सुझाव लिने ठाउँ भनेकै हाइस्ट्रिट फार्मेसी नै हो । यसरी वेलिङमा आफ्नो चौथो ब्रान्च विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यहाँस्थित रहेको समुदायलाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सम्पुर्ण तयारी गरेका छौँ ।’ उहाँले भन्नुभयो ।

‘यस क्षेत्रमा ब्रिटिस, आइरिस र नेपाली समुदाय ठुलो संख्यामा रहेका छन् । नेपाली समुदायलाई विशेष प्राथमिकतामा राखेर सेवा दिन तयार छौँ । फार्मेसीमा नेपाली कर्मचारी भएका कारण यहाँ रहेका नेपाली समुदायले भाषागत समस्या समेत झेल्नु पर्ने छैन । फार्मेसीमा प्राय सबै खाले औषधि र विविध स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध हुनेछ ।’ उहाँले भन्नुभयो ।

त्यस्तै फार्मेसीकी सुपरिटेन्डेन्ट फर्मासिष्ट विमला सापकोटाले निम ट्रि फार्मेसीको भुमिका र यसले दिदै आइरहेको सुविधाबारे जानकारी दिनु भएको थियो ।

फार्मेसीको उद्घाटन कार्यक्रममा बेक्सली नेपाली समाजका अध्यक्ष आनन्द धरेल, उपाध्यक्षहरु बिन्दु गुरुङ, कमल गुरुङ, महासचिव केदार थपलिया, सचिव होमनाथ ज्ञवाली, कोषाध्यक्ष दिपेन सिटौला लगातयत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । त्यस्तै उपस्थित हुनेमा कँडेल ग्रुप अध्यक्ष उपेन्द्रराज शर्मा, निर्देशक महेन्द्र कँडेल, नरेन्द्र कँडेल रहेका थिए । पशुपति मन्दिरका संस्थापक अध्यक्ष होम शर्मा र रियल स्टेट व्यवसायी तथा लेखक प्रगति ओझाको उपस्थिति रहेको थियो ।

होम केयर कम्पनी, बेक्सिली ब्रान्चका डाइरेक्टर फत्त थापाले फार्मेसीको प्रगतिको कामना गर्दै शुभकामना दिनु भयो । फार्मेसीका विजनेश पार्टनर विशाल सापकोटा कार्यक्रमको संयोजक रहनु भएको छ ।

यस फार्मेसीमा एनएचएस सर्भिस, एनएचएस कन्सल्टेशन सर्भिस, प्राइभेट कन्सल्टेशन रुम, बुहभाषिक स्टाफ, दोहोराएर प्रेसक्रिप्शन सर्भिस, डेलिभरी सर्भिस, न्यु मेडिशिन सर्भिस, भ्याक्सिनेशन सर्भिस, इमेरजेन्सी कन्ट्रासेप्सन, प्राइभेट डिस्पेन्शन सर्भिस, प्राइभेट कन्सल्टेशन जस्ता सुविधाहरु उपलब्ध हुनेछ ।

यो फार्मेसी हप्ताको ६ दिन खुल्नेछ भने आइतबार बन्द रहनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -