Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३२:०६ बिहान
- ADVERTISEMENT -

फागुन २० गते राष्ट्रिय सभाका सदस्यको कार्यकाल सकिँदै

प्रकाशित मिति: २०७८ कात्तिक ९, मंगलबार

338
Shares

काठमाडौं, ९ कात्तिक २०७८ । आगामी फागुन २० गते बीस जना राष्ट्रिय सभाका सदस्यको चार वर्षे कार्यकाल सकिने भएको छ । संविधानको धारा ६८ को उपधारा ३ र राष्ट्रिय सभा नियमावली २०७५ को नियम २०८ को व्यवस्थाअनुसार संघीय सदस्य, राष्ट्रिय सभाका सदस्यहरुको चार वर्षे पदावधि आगामी फागुन २० गते सकिने भएपछि निर्वाचन आयोगले नयाँ चुनाव सिफारिस गरेको हो ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ चुनावको सिफारिस गर्नुभएको हो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार आगामी फागुन २० गते जना राष्ट्रिय सभाका सदस्यको चार वर्षे कार्यकाल सकिन लागेको हो ।

२०७४ साल फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यको गोला प्रथाबाट कार्यकाल तय गरिएको थियो । जसमध्ये गोला तान्दा २ वर्ष कार्यकालको गोला तान्नेहरु अघिल्लो वर्ष नै बिदा भएका थिए भने ४ वर्षको तान्नेहरु आगामी फागुन २० गतेबाट बिदा हुन लागेका हुन् ।

पदमुक्त हुन लागेका एमाले सांसदहरुमा अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल हुनुहुन्छ । त्यस्तै कांग्रेस सांसदहरुमा दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारी र माओवादी केन्द्र सांसदहरुमा खिमकुमार विक, जीवन बुढा,. दीनानाथ शर्मा र शशीकला दाहाल पदमुक्त हुन लाग्नुभएको हो ।

यसैगरी पदमुक्त हुने एकीकृत समाजवादीका सांसदहरुमा उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शानितकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर हुनुहुन्छ । त्यस्तै मनोनीत सांसद रामनारायण बिडारी पनि पदमुक्त हुन लाग्नुभएको छ ।

फागुन २० गतेबाट रिक्त हुने राष्ट्रिय सभा सदस्य सङ्ख्या २० को निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित निर्वाचन आयुक्तहरुसँग सोमबार छलफल गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -