काठमाडौं, ८ कात्तिक २०७८ । राजधानीको नयाँबानेश्वरको व्यस्त सडक भत्किएर ठुलो खाल्डो बनेको छ।
नयाँबानेश्वर-तीनकुनेअन्तर्गत सिभिल अस्पताल र यातायात व्यवस्था कार्यालयबीचको सडकमा सडक भत्किएर ठुलो खाल्डो बनेको हो । झण्डै १५ फिट गहिरो खाल्डो बनेको अनामनगर प्रहरी वृत्तले जनाएको छ ।
सुरुमा सानो खाल्डो देखिएको ठाउँमा काठमाडौं सडक डिभिजन कार्यालयको एक्स्काभेटरले सडक कोपर्दै जाँदै भित्र ठुलो खाल्डो भेटिएको हो । अहिले त्यस स्थानलाई सुरक्षित राखिएको छ ।








































