Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:०९:११ राति
- ADVERTISEMENT -

विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुवात

प्रकाशित मिति: २०७८ कात्तिक ६, शनिबार

515
Shares

काठमाडौ, ६ कात्तिक २०७८ । आइसिसी टि२० विश्वकप २०२१ मा अष्ट्रेलियाले विजयी सुरुवात गरेको छ । शनिबार भएको सुपर १२ को समूह ए को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो ।

युएईको शेख जायद स्टेडियम आबूधाबीमा दक्षिण अफ्रिकाले जितका लागि दिएको ११९ रनको सामान्य रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९‌‍. ४ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो ।

अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए । त्यस्तै, ग्लेन म्याक्सवेलले १८ रन, डेविड वार्नरले १४ रन तथा मिचेल मार्शले ११ रन जोडे । मार्कस स्टोइनिस २४ रन तथा म्याथ्यु वेड १५ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका लागि एनरिच नोर्कियाले २ विकेट लिए भने केशव महाराज, कागिसो रबाडा र तबरेज शाम्सीको नाममा समान एकएक विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो । दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले सर्वाधिक ४० रन बनाए । त्यस्तै, डेविड मिलरले १६ रन, हेनरिक क्लासेनले १३ रन तथा कप्तान टेम्बा बभुमाले १२ रन जोडे । तीब्र गतिका बलर कागिसो रबाडा भने २० रन बनाएर अविजित रहे । अन्य व्याट्सम्यान चल्न सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तैमा रोक्न अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हेजलवुड र एडम जाम्पाले समान २/२ विकेट लिए भने उपकप्तान प्याट कमिन्स र ग्लेन म्याक्सवेलको नाममा समान एकएक विकेट रह्यो ।

सुपर १२ को समूह ए मा अष्ट्रेलियासँगै इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह बी को उपविजेता बंगलादेश र समूह ए को विजेता श्रीलंका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -