- ADVERTISEMENT -

अब प्रहरीमा कसैले कसैलाई ‘तँ’ भन्न नपाउने

October 22, 2021
557
Shares
- ADVERTISEMENT -

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा निकायका सबै कर्मचारीलाई ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रीले एक कार्यक्रमबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागभित्र जनसुकै तहका कर्मचारीलाई पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

संगठनको छवि राम्रो बनाउन र सम्मानसहितको सेवा सञ्चालन गर्न संगठनभित्र एकले अर्कालाई सम्मानको शब्द प्रयोग गर्न आवश्यक रहेको खाणले बताए ।

अब संगठनमा बोलचालमा ‘सम्मानार्थी’ शब्दको प्रयोग हुने नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेलले बताए । ‘मन्त्रीज्यूबाट संगठनमा बोलचाल र निर्देशनमा ‘सम्मानार्थी’ शब्द प्रयोग गर्न निर्देशन भएको छ, अब ‘सम्मानाथी’ शब्द प्रयोग गर्नुपर्छ ।’ उनले भने ।

सुरक्षा निकायमा माथिल्लो तहका कर्मचारीले तल्लो तहका कर्मचारीलाई ‘तँ’ सम्बोधन गरेर निर्देशन दिने गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -