Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५३:४९ बिहान
- ADVERTISEMENT -

महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने माग

प्रकाशित मिति: २०७८ कात्तिक ४, बिहीबार

657
Shares

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने माग गरेका छन् ।

सभापति शेरबहादुर देउवासहित पदाधिकारीले महाधिवेशन माघसम्म सार्ने तयारी गरिरहेका बेला नेता सिंहले अब सार्न नहुने धारणा राखेका हुन् । ‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नु पर्दछ । क्रियाशिल सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,’ उनले भने, ‘यस अघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’

बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले अधिवेशन त समयमा नै गर्न नसकेको काँग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको सुनाए । पार्टीलाई ठिक ठाउँमा ल्याउनको लागि विधि र पद्धतिको सबैले सही ढंगले पालना गर्नुपर्नेमा उनको जोड थियो ।

अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगिसके पछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नु पर्ने उनको भनाइ छ । राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताए ।

सिंहले नेतृत्वले परम्परा र मूल्य मान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको आरोप लगाए । १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधिपद्धति र मूल्य मान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको उनको तर्क छ ।

उनले विधिसम्मत र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनको लागि सक्षम नेतृत्वको आवश्यकता रहेकोसमेत औंल्याए । पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने, तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो ।

गणेशमानको परिवारले सधै त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनले दाबी गरे । पार्टीभित्रको ए काँग्रेस, बी काँग्रेस र सी काँग्रेस हटाउनुपर्ने भन्दै उनले जनताको इच्छा र चाहनाअनुसार काम गर्नसक्ने पार्टीको रुपमा काँग्रेसलाई पुन: स्थापित गर्न आफू लागि परेको दाबी गरे ।

हरेका आन्दोलनमा आफूले संघर्ष गर्दै आएको भन्दै उनले गणेशमानको छोरा भएरमात्र राजनीतिमा नआएको बताए । राजनीतिमा प्रवेश गर्न आफ्नो छुट्टै संघर्ष रहेको बताउँदै सिंहले धेरै अवरोधहरुको सामना गर्दै आएको स्मरण गरे । अरु क्षेत्रमा असफल भएर आफू राजनीतिमा आएको व्यक्ति नभएको उनले स्पष्ट पारे । अब जनताले चाहेको आर्थिक सम्पन्ताको अभियानमा पनि काँग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागि ठिक नेताको आवश्यक रहेको उनले जिकिर गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -