Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:५९ बिहान
- ADVERTISEMENT -

श्रीलंका टि-२० विश्वकपको सुपर १२ मा प्रवेश

प्रकाशित मिति: २०७८ कात्तिक ४, बिहीबार

833
Shares

काठमाडौँ, ४ कात्तिक २०७८ । श्रीलंका आइसिसी टि२० विश्वकप २०२१ को सुपर १२ मा प्रवेश गरेको छ । पहिलो चरणअन्तर्गत बुधबार भएको समूह ए को खेलमा आयरल्याण्डलाई ७० रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको श्रीलंका सुपर १२ मा पुग्ने पहिलो टोली बनेको हो ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १ सय १ रनमै अल आउट भएको थियो । आयरल्यान्डका कप्तान एन्डी बालबर्नीले सर्वाधिक ४१ रन र कर्टिस क्याम्फरले २४ रन बनाउनुबाहेक अन्य खेलाडी चम्किन सकेनन् ।

आयरल्यान्डलाई सस्तैमा समेट्न श्रीलंकाका स्पिनर महेश थक्शेनाले ३ विकेट लिए । चामिका करुणारत्ने र लाहिरु कुमाराले २–२ विकेट लिए भने वानिन्दु हसरंगा र दुश्मन्था चामिरा नाममा १–१ विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेट गुमाएर १७१ रन बनाएको थियो । ८ रनमै तीन विकेट गुमाएको श्रीलंकाको इनिङ्स ओपनर पथुम निसाका र अलराउण्डर वानिन्दु हसरंगाले सम्हालेका थिए । हसरंगाले सर्वाधिक ७१ रनको योगदान दिए भने ओपनर निसंकाले ६१ रन जोडे । कप्तान दासुन शनका २१ रनमा अविजित रहे ।

आयरल्याण्डका जोस लिटलले ४ तथा मार्क एडेरले दुई विकेट लिए ।

पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -