काठमाडौँ । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय संजालको वोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रकोष सम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको वोर्ड सदस्यमा उनी सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् ।

वोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दा बढी देशका सांसदहरूसँगै समावेशी विकासका लागि काम गर्ने भएका छन् । यस अवसरलाई आफूले सिक्ने, सम्वन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाको रुपमा उपयोग गर्ने सांसद थापाले बताए । उनले सांसदहरुको अन्तर्राष्ट्रिय संजालको अग्रपंक्तिका लागि निर्वाचित भएको खवरले आफूलाई उत्साहि बनाएको उल्लेख गर्नु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्