डा.बलराम श्रेष्ठ

गैर आबासीय नेपाली संघको बिधान २००३ हालैको संसोधन को दफा १३ को २ ले अन्तराष्ट्रिय समन्वय परिषदको म्याद थप्ने व्यवस्था कहिँ कतै गरिएको छैन । केवल अन्तराष्ट्रिय समन्वय परिषद्को साधारण सभा गर्न नसकिने कारण भए सो कारण प्रस्ट उल्लेख गरेर बहुमतले निर्णय गरेर मात्र महाधिबेशन गर्न मिति पछि सार्न वा स्थगित गर्न सकिने छ भनिएको हो ❘

महाधिवेशन पछि सार्न वा स्थगित को अबधि ६ महिना भन्दा बढी हुने छैन भनेर प्रस्ट भनिएको छ ❘ आई सिसि को कार्यकाल थपिने कहिँ कतै भनिएको छैन ❘ आई सिसि को समयाबधि थप्ने ब्यबस्था कहिँ छदै छैन केवल महाधिबेशन को मिति पछि सार्न वा स्थगित गर्ने मात्र बनेको दफा १३ को २ हो अन्यथा यसले भन्दैन ❘त्यसैले आज मिति २०२१ अक्टोबर १८ को साझ १२ बजे राति बाट बर्तमान कार्यसमितिको कार्यकाल समाप्त हुन्छ ❘ किनभने अन्तर्राष्ट्रिय समन्वय परिषदले मिति तोकेर प्रस्ट र उचित कारण प्रस्तुत गरेर अन्तर्राष्ट्रिय समन्वय परीषदको महाधिबेशन को मिति न तोकेको र बहुमत बाट पछि सारेको पनि छैन र स्थगित गरेको पनि छैन ❘

यो भनेको अन्तर्राष्ट्रिय समन्वय परिषदमा चरम समस्याग्रस्त हुनु हो अब सम्रक्षक मण्डलले १६ (१) ४ बमोजिम सम्पूर्ण रास्ट्रिय परिषदको अध्यक्षहरुको भेला गरेर अभिबभाबक्त्व ग्रहण गरेर सस्थाको साख लाई स्रम्रक्षण गर्दै सस्थाको समस्यालाई शान्तिपूर्ण समाधान गर्न अग्रसर हुनु जरुरी छ ❘

अन्तर्राष्ट्रिय समन्वय परिषद बिघटन हुदैमा स्रमक्षक परिषद बिघटन हुदैन ,सरक्षक परिषद भनेकै समस्या पर्दा सरक्षण दिनको लागि हो, त्येसैले अर्को बैधानिक अन्तर्राष्ट्रिय समन्वय समिति बैधता नहुन्जेल सम्म सम्रक्षक परिषद कायम रहि रहन्छ र यसले सस्थालाई जिबन्तता दिने काम गर्नु पर्दछ ❘

०७८ साल कात्तिक २ गते मंगलबार

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्