Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३१:२८ बिहान
- ADVERTISEMENT -

श्रममन्त्री श्रेष्ठद्वारा श्रमिकको गुनासो सुनेर मन्त्रालयमा काम शुरु

प्रकाशित मिति: २०७८ कात्तिक १, सोमबार

1276
Shares

काठमाडौँ, सोमबार, १ कात्तिक २०७८ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफ्नै मन्त्रालयका श्रमिकको गुनासो सुनेर कार्य सुरुवात गर्नु बहेको छ । मन्त्री श्रेष्ठले आज मन्त्रालयमा कार्यालय सहयोगी, सफाइ कर्मचारी र चालकको गुनासो सुन्नु भएको थियो ।

दसैंपछि कार्यालय खुलेको पहिलो दिन मन्त्री श्रेष्ठले मन्त्रालयका तल्लास्तरका श्रमिकको समस्याबारे चासो राखेको सचिवालयले जनाएको छ । सो क्रममा श्रमिकले आफूहरूको महङ्गी भत्ता काटिएको, तलब थोरै भएकोलगायत गुनासो पोख्नु भयो ।

मन्त्री श्रेष्ठले समस्या सुने लगत्तै आफू श्रमजीविको पक्षमा काम गर्नकै लागि जिम्मेवारीमा आएको भन्दै आफ्नो पहिलो प्राथमिकता तल्ला तहका श्रमिकको हकहितको पक्षमा हुने बताउनु भयो । उहाँले तत्काल मन्त्रालयका श्रमिकको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले आफ्नो जिम्मेवारी नै श्रम गर्ने श्रमिकको हकहित, रोजगार सिर्जना र रोजगारीमा रहेका श्रमिको सामाजिक सुरक्षाको निम्ति भएको बताउनु भयो । “मेरो पहिलो जिम्मेवारी र दायित्व पसिना बगाएर बाँचिरहेका श्रमिकको हितका निम्ति काम गर्ने हो । मेरो मन्त्रालयको श्रमिकको समस्या सुनेँ । यसैगरी समस्या बुझेर हरेक ठाउँमा काम गर्ने श्रमिकको जीवनमा परिवर्तन ल्याउने गरी काम गर्छु”, उहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले बेरोजगार युवालाई उत्पादनसँग जोडेर रोजगारी दिने, विभिन्न उद्योग प्रतिष्ठानमा रोजगारी गरिरहेकाको सामाजिक सुरक्षाको ग्यारेन्टी र सरकारी कार्यालयमा श्रम गरिरहेकाको सामाजिक सुरक्षाको ग्यारेन्टीका लागि तत्काल कदम चाल्ने उल्लेख गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -