गोरखा, शनिबार, ३० असोज २०७८ । श्री बालुवाटार युवा समुहको आयोजनामा भिमसेनथापा गाउँपालिका वडा कप (7 A side) फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता कात्तिक १ गतेदेखि ५ गतेसम्म बालुवाटार खेल मैदानमा फुटबल प्रतियोगिता सञ्चालन हुनेछ ।

टिम दर्ता कात्तिक १ गते बिहान ७ बजे गरिने आयोजकले जनाएको छ ।

उक्त फुटबल प्रतियोगितामा सहभागी हुनका लागि भिमसेन थापा गाउँपालिका आफ्नो वडा बाहेकको खेलाडी टिममा समाबेश गर्न नपाइने बनाएको छ । वडा भित्रबाट एक वा सो भन्दा बढी जति टिम आएपनि टिम दर्ता गरि खेलमा सहभागी हुन पाइने आयोजकले जनाएको छ । प्रत्येक टिमको जर्सी र जुत्ता अनिवार्य हुनु पर्ने छ भने टिम दर्ता गर्दा प्रत्येक खेलाडीको नागरिकता अथवा ID CARD र फोटो अनिवार्य हुनु पर्नेछ् । नागरिकता बनेको हकमा नागरिकता नभएको हकमा सम्बन्धित वडाको जन्मदर्ता हुनुपर्ने नियम बनाएको छ ।

फुटबल प्रतियोगीतामा प्रथम स्थान हासिल गर्ने प्रतियोगीले साठि हजार नगद राशीसहित ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । त्यसैगरी दोस्रो स्थान हासिल गर्ने प्रतियोगिले तीस हजार नगद राशीसहित ट्रफि, मेडल र प्रमाणपत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्