Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१२:१६ बिहान
- ADVERTISEMENT -

फाइनल खेलमा अल्मुताइरी ‘टेक्निकल एरिया’ मा बस्न नपाउने

प्रकाशित मिति: २०७८ असोज ३०, शनिबार

552
Shares

माले (माल्दिभ्स) , नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ चाम्पियनसिप २०२१ को शनिबार हुने फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर कारवाहीको विरोध गरेका छन् । प्रतियोगिताको आयोजक दक्षिण एसियाली फुटबल महासंघले गरेको निर्णयमा आपत्ति जनाउँदै उनले यो निर्णय फिर्ता लिनुपर्ने बताए ।

राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणमा दुई पहेँलो कार्ड खाएपछि उनलाई फाइनलमा ‘टेक्निकल एरिया’ मा बस्न नपाउने गरेर निर्णय गरेको हो । उनले शनिबार बिहान आयोजित भुर्चअल प्रेस मिटमा भने, ‘यो कारवाही ममाथि मात्र भएको होइन, नेपाली फुटबल टिम र समग्र नेपाली फुटबलमाथि भएको कारवाही भएको हो ।’

उनले थपे, ‘साफ च्याम्पियसिप २०२१ को नियमावालीमा कतै पनि प्रशिक्षकले दुई पहेँलो कार्ड खाएपछि टेक्निकल एरियामा बस्न नपाउने भनिएको छैन । प्रत्येक प्रतियोगिताको आफ्नो अलग नियम हुन्छ ।’ उनले नेपाललाई साफ च्याम्पियनसिप जित्नबाट रोक्न यस्तो निर्णय भएको पनि आरोप लगाए ।

प्रशिक्षक अल्मुताइरीका अनुसार उक्त निर्णय उल्टाउनका लागि प्रयास भइरहेको छ । ‘ यो निर्णय उल्टाउनका लागि प्रयास गरिरहेका छौं र यो निर्णय सच्चिनु पनि पर्छ । दक्षिण एसियाली फुटबल महासंघले यो निर्णय गरेर भुल गरेको छ,’ उनले भने ।

फाइनलमा भारतीय प्रशिक्षक इगोर स्टिमेक पनि खेलका क्रममा ‘टेक्निकल एरिया’ मा बस्न पाउने छैनन् । उनलाई माल्दिभ्सविरुद्धको खेलमा सिधा रातो कार्ड देखाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -