Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१०:५८ बिहान
- ADVERTISEMENT -

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा खानेपानीको माध्यमबाट झाडापखाला फैलिएको पुष्टि

प्रकाशित मिति: २०७८ असोज २६, मंगलबार

553
Shares

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा खानेपानीको माध्यमबाट झाडापखाला फैलिएको पुष्टि भएको छ । रोग प्रभावित क्षेत्रबाट संकलन गरिएकाे पानीको १५ नमुनामध्ये ९ मा इकोली भेटिएको छ ।

परीक्षण भएको नमुनामध्ये नेपाल खानेपानी संस्थान बहादुरगञ्ज उपशाखाबाट वितरित धारा (पाइप लाइन)का १० र नल (चापाकल) बाट पाँच नमुना संकलन गरिएको थियो । जसमध्ये पाइप लाइनका पाँच नमुना र नलका चार नमुनामा इकोली भेटिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

यसअघि भुपू सैनिक खानेपानी उपभोक्ता समितिको पानी जाँच प्रयोगशालामा पानी परीक्षण गर्दा पाइप लाइनको पानीमा इकोली फेला परे पनि संस्थानले पानी शुद्ध भएको भनी विज्ञप्ति प्रकाशन गरेको थियो । प्रयोगशालाका कर्मचारी धनबहादुर सोमैले पाइप लाइनको पानीको नमुनामा लेउ देखिएको बताए । तर संस्थानले पानीको नमुनामा केही नदेखिएको भन्दै विज्ञप्ति निकालेको थियो ।

सार्वजनिक भएन राेगकाे कारण

नगरपालिकाको वडा नं. ७, ८ र ९मा पहिलोपटक रोग देखिएको १० दिन बितेकाे छ । १७ असाेज आइतबार पहिलोपटक शिवराज अस्पतालमा बिरामी आउन सुरु भएको थियो । सोमबार बिरामी हुनेको सङ्ख्या १०० नाघेको थियो । बिरामीको अवस्था र रोग फैलिने दर हेर्दा हैजा फैलिएको शंका गरिको थियो । १८ गते पाँच जना बिरामीको दिसाको नमुना प्रयोगशालामा परीक्षण गर्दा एक जना बिरामीलाई हैजा देखिएको थियो ।

केही दिनअघि शिवराज अस्पतालमा भर्ना भएका बिरामीलाई हैजाको आरडिटी विधिबाट परीक्षण गरिएको थियो । अस्पताल निकट स्रोतबाट परीक्षण भएकामध्ये केहीलाई हैजा देखिएको बुझिएकाे छ । तर सोको रिपोर्ट सार्वजनिक भएको छैन । हैजा परीक्षणका लागि फेरि पाँच बिरामीको दिसाको नमुना काठमाडाैं लगिएको छ । सुरुमा लगेको नमुना औषधि सेवन भएका बिरामीको भएकोले औषधि नखुवाइएको बिरामीको दिसाको नमुना परीक्षणका लागि लगिएको छ ।

बिरामी हुनेमा बालबालिका धेरै

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको ६८८ बिरामीकाे विवरणअनुसार बिरामी हुनेमा धेरै बालबालिका छन् । कार्यालयका अनुसार ११ वर्षभन्दा कम उमेरका २११ बालबालिकाका बिरामी भएका छन् । यस्तै ११-२१ उमेर समूहका २१४ जना छन् । ५४ प्रतिशत महिला प्रभावित भएका छन् । मंगलवार बिहानसम्म प्रभावित हुनेको सङ्ख्या ७५८ पुगेको छ । जसमध्ये ७०३ जना उपचारपछि घर फर्किएका छन् । हाल शिवराज अस्पतालमा १४ जना उपचाररत छन् भने ४१ जनालाई कपिलवस्तु अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरिएको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताए ।

६ जनाकाे मृत्यु, सरकार भन्छ तीन मात्रै

स्वास्थ्य कार्यालयले झाडापखालाका कारण तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षका पुरुषकाे घरमा, एक जना ७ वर्षीय बालकको निजी क्लिनिकमा र ५ वर्षीय बालिकाको अस्पताल ल्याउने क्रममा मृत्यु भएको जनाएको छ । तर समुदायमा थप तीन जनाको झाडापखालाको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका-८ कोटवाका एक महिला, कृष्णनगर नगरपालिका सुखरामपुरका २७ दिनको एक शिशु र बहादुरगञ्जकी एक महिलाको गर्भ तुहिएको छ । २७ दिने शिशुको निमोनियाको कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -