Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:५९ बिहान
- ADVERTISEMENT -

जनगणना दोस्रो चरणमा

प्रकाशित मिति: २०७८ असोज २६, मंगलबार

336
Shares

काठमाडौँ, असोज २६ गते । राष्ट्रिय जनगणना २०७८ को काम दोस्रो चरणमा प्रवेश गरेको छ ।

गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले घर तथा घरपरिवारको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी कात्तिक ४ र ५ गते नयाँ जिल्ला जनगणना अधिकारी र सहायक जनगणना अधिकारीको अनलाइन तालिम सञ्चालन हुने, कात्तिक ६ देखि ९ सम्म नयाँ स्थानीय जनगणना अधिकारीलाई मुख्य प्रश्नावलीको जानकारी दिने, कात्तिक १० गते गणक तालिममा प्रशिक्षण गर्ने मुख्य प्रशिक्षक र छानिएका सुपरिवेक्षकबीच छलफल गर्ने कार्यतालिका निर्माण गरिएको छ ।

त्यस्तै, कात्तिक ९ देखि ११ गते गणकको नियुक्ति गर्ने, कात्तिक १३ देखि १६ गतेसम्म गणकलाई तालिम प्रदान गर्ने र आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म मुख्य गणना कार्य गर्ने कार्यतालिका निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “पहिलो चरणको घर तथा घरपरिवार कार्य सम्पन्न भएसँगै सो घर तथा घरपरिवारका आधारमा अब जनगणनाको मुख्य गणना कार्य हुन्छ, यससँगै जनगणना कार्य दोस्रो चरणमा प्रवेश गरेको छ ।”

पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण गर्ने कार्य करिब अन्तिम चरणमा पुगेको र जिल्लाबाट तथ्याङ्क सङ्कलनका क्रममा रहेको विभागले जनाएको छ ।
अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने मुख्य गणनामा भने एक जना व्यक्तिले कतिवटा बैङ्कमा खाता खोलिएका छन् ? खाता नखोलिएका व्यक्तिको सङ्ख्या कति छ ? बैङ्कबाट ऋण लिएका र व्यवसायका लागि तालिम लिएका व्यक्ति कति जना छन् ? भन्ने यस वर्षको जनगणनामा नयाँ प्रश्नावली थप गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ का लागि देशभर ८७ वटा प्रदेश तथा जिल्ला जनगणना र ३४९ वटा स्थानीय कार्यालय सञ्चालन आएका छन् । यस पटकको जनगणनाको नारा ‘मेरो गणाना मेरो सहभागिता भन्ने तय’ गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -