- ADVERTISEMENT -

स्पेनलाई हराउँदै फ्रान्सले जित्यो नेसन्स लिगको उपाधि

October 11, 2021
707
Shares
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, २५ असोज २०७८ । युईएफए नेसन्स लिगको उपाधि फ्रान्सले जितेको छ । आइतबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरामगन गर्दै फ्रान्सले स्पेनलाई २-१ गोल अन्तरले हराएको हो ।

फ्रान्सको जितमा केलिएन एम्बाप्पे र करिम बेन्जेमा नायक रहे । स्पेनको लागि माइकल ओयर्जबालले १ गोल गरे । खेलमा अग्रता भने स्पेनले बनायो । कप्तान सर्जीयो बुस्केटको पासमा ६४ मिनेटमा माइकलले सुरुवाती गोल गरे ।

- ADVERTISEMENT -

Advertisement

खेलको ६६ मिनेटमा बेन्जेमाले एम्बाप्पेको पास सदुपयोग गर्दै गोल गरे । खेल सकिन १० मिनेट बाँकी छँदा एम्बाप्पेले गोल गर्दै टोलीलाई उपाधी दिलाए ।

यसअघि भएको पहिलो खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गर्‍याे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -