Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:२२ बिहान
- ADVERTISEMENT -

दुई महिनापछि लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीहरूको नाम कांग्रेसले टुंगो

प्रकाशित मिति: २०७८ असोज २४, आइतबार

477
Shares

बुटवल । सरकार गठन भएको करिब दुई महिनापछि लुम्बिनी प्रदेश सरकारमा जाने मन्त्रीहरूको नाम कांग्रेसले टुंगो लगाएको छ । कांग्रेसले मन्त्रिमरिषद्मा पठाउने व्यक्तिहरूको नाम टुंगो लगाएसँगै मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबारै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

कांग्रेसले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीका लागि पाल्पाका वीरबहादुर रानालाई पठाउने निर्णय गरेको छ । त्यसबाहेक राज्यमन्त्रीमा पनि निर्णय भइसकेको बताइएको छ । नेपाली कांग्रेसले यसअघि नै वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुदमन्त्रीमा रूपन्देहीका बसिउद्दिन खाँलाई पठाउने निर्णय गरिसकेको थियो ।

सत्ता साझेदार प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले यसअघि नै मन्त्रीको नाम टुङ्ग्याइसकेका छन् । मुख्यमन्त्री कार्यालयले अपरान्ह ३ बजे शपथको तयारी गरेको छ ।

माओवादी केन्द्रले भने यसअघि नै सरकारमा सहभागी हुने दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको थियो । दाङका इन्द्रजित थारू र बर्दियाका तिलकराम शर्मालाई मन्त्रिपरिषदमा पठाउने निर्णय माओवादीले गरेको हो । निर्णयअनुसार दाङकी विमला वली राज्यमन्त्री बन्नेछिन् । उनी सूर्य चिन्हबाट चुनाव जितेर माओवादी केन्द्र रोजेकी थिइन् ।

माओवादी केन्द्रले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाएको छ ।

माओवादीले पाएका चार मन्त्रालयमध्ये एक मन्त्रालय नेकपा (एस) लाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । नेकपा (एस)बाट एकमात्र सांसद पाल्पाकी रमा घर्ती पनि सरकारमा सहभागी हुनेछिन् ।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका दुई, कांग्रेसका एक, जसपाका तीन र स्वतन्त्र एक गरी सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । जसपाले भौतिक पूर्वाधार, श्रम रोजगार तथा यातायात, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था पाएको छ । त्यस्तै स्वतन्त्रका अजय शाही उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -