काठमाडौँ, दिल्ली भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोलीले दुई महिना अगाडि दार्चुलामा भएको तुइन काण्डका विषयमा भारतीय परराष्ट्रमन्त्री एस जयशंकरको ध्यानकर्षण गराएका छन् ।
भारतीय एसएसबीका जवानले तुइन काटिएदिएपछि ‘पाली नागरिक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।
उक्त घटनामा एसएसबी जवानको संलग्नतासहित नेपाल सरकारले गरेको छानबिनमा उल्लेख छ ।
त्यस विषयमा भारतीय राजनीतिक तहको उच्च तहमा पहिलोपटक कांग्रेस नेता महतले कुरा राखेका छन् । यसअघि ठूलो दबाबपछि मात्रै नेपाल सरकारले उक्त घट्नाका बारेमा भारतलाई कुटनीतिक नोट पठाएको थियो ।
तर, एक महिना भइसक्दा पनि भारतले त्यसको कुनै रेस्पोन्स गरेको छैन ।








































