काठमाडौं, शुक्रबार, २२ असोज २०७८ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्मा दोस्रो वरियता पाउनु भएको छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्णता दिएको २५ सदस्यीय मन्त्रिपरिषद्मा खाँण देउवापछिको वरियतामा पर्नु भएको हो । उहाँ देउवा निकट नेता हुनुहुन्छ ।
सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्री रहनु भएको छ ।








































