गोरखा, शनिबार, १६ असोज २०७८ । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गोरखाको जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ बाट’ केन्द्रीय महाधिवेशन प्रतिनिधि पुरुष (खुल्ला ) पदमा ई. दिपक बाबु कंडेल बिजयी हुनु भएको छ ।
आज शनिबार भएको मतदान प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि पुरुष (खुल्ला ) पदमा ई. दिपक बाबु कंडेल बिजयी हुनु भएको हो ।
विपी कोइरालाको सुस्पष्ट विचार दृष्टिकोण, सुवर्ण शमशेरको योगदान, गणेशमानजीको अठोट र किसुनजीको त्याग र समर्पणको आलोकमा उभिएर स्थानीय तहको मेयर पदको जिम्मेवारी बहन गर्दै देश र जनताको पक्षमा, लोकतन्त्र र विकासको मार्गमा नेपाली काँग्रेसलाई सवलीकरण गर्न माथिल्लो तहसम्म महत्वपुर्ण भूमिका खेल्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
कांग्रेस पार्टीको संगठनलाई सुदृढ, बलियो र ब्यवस्थित बनाउन अझ बढी जोड दिने उहाँले बताउनु भयो ।








































