रुकुम, शनिबार, १६ असोज २०७८ । रुकुमको व्याथासंग राजनैतिक स्वार्थको रोटि सेकेकाहरुले एक पटक आँखा खोलेर हेरुन ।
यो त्यहि रुकुम हो! जहाबाट जल्लादका फौजहरुले सोझा रुमुकेली जनतालाई महान क्रान्तिको झुट पिलाएर हरेक धुरीका जवानको फाखुरीमा हतियार थमाई दिएका थिए । निरिह जनतालाई ह’तियार बोकाएर पटक पटक सत्ता दोहन मुट्ठिभर मान्छेहरुले गरे!त्यो बेला रुकुमले मात्रै र’गत बगायो !
हिजो राप्तिमा हजारौ प्रिय आफन्जनतहरुको रगतको तिलांजलि दिईसकेका सोझा रुकुमेली जनता जनसागर लिएर जुरुक्कै उठेको यो दृश्यले रुकुम पूर्वमा असली राजनैतिक जागरणको सूर्योदय भईसकेको संकेत गरेको छ ।
अन्ततोगत्वा देशलाई निकास र विकास दिनसक्ने एकमात्र जिम्मेवार छहारी नेपाली कां’ग्रेसको रुख नै रहेछ भन्ने तत्वज्ञानको बोध संगै
१४ औँ महाधिवेशनको महापर्व धुमधामका साथ रुमुक पूर्वले मनाई रहेको छ ।
कथित जन’युद्धमा माओवादीको किल्ला भनि गरिएको कपोकल्पित घोषणालाई रुकुम कांग्रेसले चुनौति दिन सफल भएको छ । र रुकुम कां’ग्रेसले किल्लाको नाममा रुकुमको पवित्र माटोलाई लागेको कालो धब्बालाई जनताको साथ, सहयोग र सद्भाव लिएर रुकुमको गर्भबाट सदा सदाका लागी मेटाउनेछ ।
गौरवशाली पार्टिको गर्विलो संगठन निर्माणका लागी रुकुम पूर्वमा योगदान गर्नुहुने सबै योद्धा साथीहरु सम्मानका हकदार हुनुहुन्छ ।
हिजो रुकुमको माटोलाई प्रयोगशाला बनाउने र रुकुमेली जनताको रगतमा ढुंगा चढेर सत्ताको सहज यात्रा तय गर्नेहरुको अस्तित्वको चि’हान रुकुमको माटोबाट यहि जनसागरले बनाउने छ…








































