Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२२:०९ बिहान
- ADVERTISEMENT -

सभापति हुनका लागि निर्वाचन क्षेत्रअनुसार फरक–फरक मापदण्ड

प्रकाशित मिति: २०७८ असोज १५, शुक्रबार

675
Shares

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला सभापति हुनका लागि निर्वाचन क्षेत्रअनुसार फरक–फरक मापदण्ड निर्धाणर गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा एकै व्यक्तिले उम्मेदवारी दिन पाउँदैनन् भने अन्यको हकमा यो मापदण्ड लागू हुँदैन ।

निर्वाचन समितिले बिहीबार जिल्ला निर्वाचन अधिकृतहरूलाई गरेको परिपत्रअनुसार एकभन्दा धेरै प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा एकै व्यक्ति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका कुनै पनि पदमा उम्मेदवार हुन पाउँछ । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लाहरूमा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापति उम्मेदवार हुन पाउँछन् ।

देशका ३५ जिल्लामा एक मात्र निर्वाचन क्षेत्र छ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा भने जिल्ला सभापति हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था छ । एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा भने महाधिवेशन प्रतिनिधि भई सकेकाहरू जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउँछन् ।

महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिमा उम्मेदवार भए पनि उसको पद भने जाने छैन । जिल्ला सभापतिको उम्मेदवार हुन क्रियाशील सदस्यता लिएको १० वर्ष पुगेको हुनुपर्छ । जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य हुनका लागि पनि क्षेत्रीय प्रतिनिधि हुनुपर्ने व्यवस्था कांग्रेसको छ ।

महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिको चुनाव भने एकैपटक गरिनेछ । एकै व्यक्ति महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिमा दुबैतर्फ उम्मेदवार हुन भने पाउने छैन । कांग्रेसले हिमाली जिल्लाहरूमा १८ असोजदेखि जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । २१ हिमाली जिल्लामध्ये डोल्पा र रसुवामा क्रियाशील सदस्यता विवादले गर्दा वडा अधिवेशन नै हुन सकेको छैन ।

बाँकी १९ जिल्लामा भने पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने तयारी भएको छ । अन्य जिल्लाहरूमा भने वडा र पालिका अधिवेशन सकिएको छ । प्रदेश सभा निर्वाचन, संघीय निर्वाचन क्षेत्र तथा जिल्ला अधिवेशन दशैँ र तिहारको बीचमा गर्ने तयारी गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । कांग्रेसले प्रतिनिधि सभा क्षेत्रअनुसार जिल्ला सभापतिको उम्मेदवार हुनका लागि फरक-फरक मापदण्ड बनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -